मानसिक सन्तुलन गुमाएकी महिलामाथि बर्साइयो फलामको रड, गम्भीर घाइते

कञ्चनरुप नगरपालिकाका एक चटपटे व्यापारीले मानसिक सन्तुलन ठीक नभएकी एक महिलालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

कञ्चनरुप नगरपालिका–८ का ४० वर्षीय आनन्दलाल महतोले फलामको रडले कुटेर ती महिलालाई गम्भीर घाइते बनाएका हुन् । महिलाको टाउको, हात र पिठ्युमा गम्भीर चोट लागेको छ ।

घाइते महिलाको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि नोबेल अस्पताल बिराटनगर रेफर गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । आरोपित व्यापारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।



Recent News