" />

हेल्प फर ह्याप्पिनेस (एचएफएच) को उत्प्रेरणामूलक गोष्टी सम्पन्न

 

इन्द्रजीत गोइत
चितवन, चैत्र ११ गते । चितवनमा हेल्प फर ह्याप्पिनेस (एचएफएच) को उत्प्रेरणामूलक गोष्टी सम्पन्न भएको छ । पछील्लो समय बिभिन्न सामाजिक कार्यमा सकृय सामाजिक समुह एचएफएचको आयोजनामा आज ‘पोशिवल’ (सम्भव) बिषयक उत्प्रेरणामूलक गोष्टी सम्पन्न भएको हो । कार्यक्रममा मोटिभेस्नल स्पिकर रोहित मल्ल प्रमुख वक्ताको रुपमा रहेका थिए । उनले आफ्नो स्पिचको माध्यमबाट युवाहरुलाई सकारात्मक सन्देश दिएका छन् । उनले युवाहरुलाई देखेको सपना पुरा गर्न सम्भव छ भन्ने उत्प्रेरणा दिएका थिए ।
उनको स्पिचबाट उत्प्रेरणा मिलेको सहभागीहरुको भनाई रहेको छ । उनको स्पिचले नैराश्यता अन्त्य गर्न सहयोग पुग्ने युवाहरुले बताए । मल्ल ‘संघर्ष’ नामक उत्प्रेरणात्मक सिरिजको सफलता पछी ‘सम्भव’ सिरिज लिएर चितवन आएका हुन् । बि पी कोइराला मेमोरियल क्यान्सर अस्पातलको सभाहलमा भएको कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बालकुमारी नर्सिङ कलेज, नेपाली पोलिटेक्निक इन्स्टिच्युट (एनपीआई नर्सिङ), प्रेरणा स्कुल, रामपुर कृषि क्याम्पस पर्साका गरी ६ सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अनुमान गरिए भन्दा धेरै युवाहरुले सहभागीता जनाएको आयोजकको भनाई रहेको छ ।शिक्षाबिद, साहित्यकार एंव बिरेन्द्र बहुमुखी क्याम्पसका पुर्व प्रमुख एल बि क्षेत्री प्रमुख अतिथी रहनु भएको कार्यक्रममा ग्रेस इन्टरनेशनलका संचालक एन्ड्रिउ पौडेल बिशिष्ट अतिथी रहेका थिए । यस्तै बराह ज्वेलरी इण्डष्ट्रिज प्रा लि का चितवन शाखा प्रमुख शरण लामिछाने, टेस्ला एयर कण्डिस्नरका संचालक किरण आचार्य र युवा उद्दमी तथा सम्पूर्ण किताबका निर्देशक बिजय विश्वकर्मा अतिथीको रुपमा रहेका थिए । प्रमुख अतिथी क्षेत्रीले यस कार्यक्रममा युवाहरुलाई सकारात्मक बनाउन र सकारात्मक सोच्न मद्घत मिल्ने बताए । यस्तै उनले यस कार्यक्रमले युवाहरुमा रहेको नैराश्यता अन्त्यको लागि समेत मद्दत पुग्ने बताए कार्यक्रममा राष्ट्रियता झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो ।यस्तै नेपाल इंग्लिस स्कुल भरतपुरमा कक्षा ३ मा अध्ययनरत ८ बर्षिय आयुषा पौडेलले आफुमा रहेको अनौठो प्रतिभा देखाएर दर्शकहरुलाई मनोरन्जन दिएकी थिईन् । आयुषाले बन्द आँखाले पनि सबै रङ छुट्याउदै दर्शकहरुलाई आश्चर्यमा पारेकी थिईन् । हेल्प फर ह्याप्पीनेसका अध्यक्ष नविन तिवारीको अध्यक्षतामा भएको कार्यक्रम मध्यान्ह १२ बजेबाट शुरु भई दिउँसो ३ बजे समापन भएको हो ।



Recent News