सिरहामा सडक दुर्घटना कम गर्न ट्याक्टरमा स्टिकर टाँस्दैः प्र.ना.नि.चौधरी

 

गणेश कुमार शर्मा,सिरहा,चैत्र २४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले रातिमा हुने सडक दुर्घटना न्युनिकरण गर्न ट्याक्टरमा स्टिकर टाँस्दै । रातिको समयमा ट्याक्टरमा पछाडिको ब्याक लाईट नहँुदा सडक दुर्घटना हुन सक्ने सम्भावना प्रवल हुने भएकाले कुरालाई मध्यनजर गर्दै टाँढैबाट टल्किने स्टिकर टाँस्ने गरेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए । उहाँले भन्नुभयो ‘स्टीकर रातिको बेला टाँढैबाट हेराउँछ । जसले सडक दुर्घटना हुनबाट जोगाउँछ । यसै उद्देश्येल स्टिकर टाँस्न गरेका छन । 

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।



Recent News