" />

प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाको आयोजनामा पोट्केलाङमा लाइभ कन्सर्ट हुने ।

प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाको आयोजनामा पोट्केलाङमा लाइभ कन्सर्ट हुने ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

यही आउदै गरेको जुन ७ का दिन मलेसियाको पोट्केलाङमा फ्रेण्डशिप लाइभ कन्सर्ट हुने भएको छ ।

प्रबासी हातेमालो कल्याणकारी समाज पोट्केलाङ मलेसियाले मुस्लिम धर्मालम्बीहरु को महान चाड ( ईद उल फितर ) हरिराया को अबसर पारेर मनोरंजन दिलाउने उदेश्य लिएर गर्न लागेको लाइभ कन्सर्टमा रास्ट्रीय स्तरमा ख्याति कमाएका कलाकारहरु र स्थानीय कलाकारहरुको समेत सहभागीतामा हुने तयारी रहेको आयोजक प्रबासी हातेमालो समाज पोट्केलाङ मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्की ढोलीले जानकारी दिनुभयो।

आगामी जुन ४ तारीख मंगलबारका दिन पोटकेलाङ देवान हलमा हुने उक्त कन्सर्टको लागि आइतम देवान हलमाहुने तय भएको उक्त कन्सर्टमा गायिका नेलिमा थापामगर,मिस्टर आरजे,नायक निखिल उप्रेती मोडल रक्षा श्रेष्ठ, हास्य कलाकार दमन रुपाखेती मलेसिया आउने भएका छ्न ।

कन्सर्टमा मलेसियामा रहेर कलाकारिता गर्दै गरेका प्रबासी स्थानीय कलाकारहरु गायक भेषराज बस्नेत,गायक / छायांकार मौसम तमाङ,मोड्ल निसा थापामगर,मोडल निसा राउत,डान्सर चार्ली तमाङ,गायक सुमन श्रेष्ठ,मोडल सामा मोडल, मोडल DS थापा,मोडल तथा कोरियोग्राफर डेबिड घिमिरे,नायक दिपक तमाङ, संगीता तमाङ मोडल तथा डान्सर,बासुरी बाधक नोपि सुनार, गायक अर्जुन कुवर,डान्सर सिन्धु तमाङ,मोडल सन्ध्या बान्तावा राई,गायक तथा सर्जक बिनोध बाबू,लोक गायक लिलाधर खड्का र गायक अमीर लोप्चन लगायतको प्रस्तुति रहने कन्सर्ट आयोजक समिति जानकारी गराए।

कन्सर्ट पोटकेलाङ बसपार्क नजिकै अबस्थित पोटकेलाङ देवानहलमा बिहानको ११ बजे सुरु हुने र कन्सर्टले थुप्रै दर्सक लाई मनोरंजन दिलाउने बिस्वास पोटकेलाङ आयोजक समितिले लिएको पोटकेलाङ आयोजक समितिका अध्यक्ष पुरुषोत्तम कार्की ढोली बताउनु भयो ।

(सोही कलाकार को उपस्थितिमा पेनाङ ,बातुपहाड मा समेत कन्सर्ट हुने भएको छ ।)



Recent News