लय,शब्द संकलक तथा गायक राजु पुरिको पहिलो आधुनिक एल्बम “ओइ सानी” भिडियो सहित बजारमा सार्बजनिक ।

लमजुङ जिल्लाको तान्द्राङ टक्सारमा जन्मिनु भएका उहाँको सानैदेखि गायन क्षेत्रमा लगाब थियो । पारिवारिक आर्थिक अनि देशमा भएको बेरोजगारी समस्याका कारण सानै उमेरमा बिदेशिएका उनले विदेशमा रहदा पनि यस क्षेत्रका विभिन्न कार्यक्रमहरुमा सहभागी बनेर आफ्नो सक्रियता जनाउनुहुन्थ्यो । आफ्नो वैदेशिक रोजगारिको समयवधी सकिएपछि पुन स्वदेश फर्केर आफ्नो पहिलो एल्बम “ओइ सानी” बजारमा सार्बजनिक गर्नुभएको छ।
प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई गीतमा समेटिएको छ । राजु पुरीको शब्द तथा संगीत गीतमा रहेको छ । स्वयम् राजु पुरी र आशा खड्काको बेजोड अभिनय रहेको छ भने बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ ।



Recent News