गायिका कोपिला गौतमको तिज गीत ‘आमाले पकाएको दर राम्रो’ बजारमा

गायिका कोपिला गौतमको तिज गीत ‘आमाले पकाएको दर राम्रो’ बजारमा

मलेशिया

गायिका कोपिला गौतमको नयाँ तिज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक भएको छ । म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत तिजको अवसरमा नयाँ शैलीमा प्रस्तुत भएको छ । गायक पशुपति शर्मासँग गाएको गीत फेवाताल, चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत चौतारी ताकेर जस्ता तीज गीतमा स्वर दिइसकेकी गायिका कोपिला गौतमले यसपालीको तिजमा पनि ‘आमाले पकाएको दर राम्रो’ ल्याएकी हुन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी कोपिला गौतमले करिब दर्जनजति गीतमा स्वर दिइसकेकी छन् ।
‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा तिजको मौलिकतासँगै गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । लोकराज अधिकारीको शब्द रहेको ‘आमाले पकाएको दर राम्रो’ मा कोपिला गौतमको स्वर रहेको छ ।
यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने गीतमा कोपिला गौतम आफैं देखिएकी छन् भने चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।

https://m.youtube.com/watch?feature=youtu.be&v=yG4YcRHo9mc



Recent News