" />

नेपाली कलाकार संघ मलेसीयाले केलाङ्ममा तीज बिशेष कार्यक्रम आयोजना गर्दै।

 

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

हिन्दु धर्मावलम्बी हरुको महान चाड हरितालिका तिजको अवसर पारेर नेपाली कलाकार संघ मलेसियाले सास्क्रीतिक कार्यक्रम गर्ने भएको छ ।

“नेपाली कलाकारहरु एक हौं ” नेपाली मौलिक गीत संगितको संरक्षण गरौं ”भन्ने मुल नाराकासाथ मलेसियामा रहेर कलाकारिता क्षेत्रमामा आवद्ध कलाकार हरुको समुहले
यहि अगस्ट महिनाको १८ तारिख आईतवार मलेसियाको केलाङ सहर स्थित केलाङ चौतारी रेष्टुरेन्टमा कार्यक्रम गर्ने तय भएको भएको कार्यक्रम सम्योजक तथा नेपालि कलाकार संघ मलेसियाका महासचिव डिएस थापाले जानकारी दिए।

कार्यक्रममा प्रस्तुत भएका प्रस्तुति हरुमध्य आयोजक कमिटीको र अतिथि हरुको मुल्यांकन वाट सर्बोत्कृष्ट प्रस्तुति दिने १ जना डान्सर र एक जना गायक,गायिकालाई आयोजकको तर्फबाट मायाको चिनो सहित अवार्ड प्रदान गरिनेसमेत महासचिव थापाले जानकारी दिए ।

आइतबार बिहान ११ बजे बाट सुरुहुने उक्त तिज विशेष कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती संगै टाईगर कमेडी ग्रुप मलेसियाका कलाकार हरुको विशेष ब्याङ्ग्यात्मक प्रस्तुती समेत रहने छ्न ।

तिज विशेष कार्यक्रम लाई होटल सञ्चालिका पुजा योञ्जन र समाजसेबी तथा जुझारु युवा व्यावसायि फुर्वा दोर्जे मोक्तान तामाङ ,राजु क्ष्रेष्ठ, बिष महरा र भेसराज बस्नेत लगायतले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने भएको महासचीब थापाले जानकारी दिए।



Recent News