मलेसियामा नेपाली मजदुर एकता केन्द्र स्थापना। केन्द्रले श्रमिकका मुद्दा हरु उठान गर्ने।

मलेसियामा नेपाली मजदुर एकता केन्द्र स्थापना। केन्द्रले श्रमिकका मुद्दा हरु उठान गर्ने

तिलोचन गौतम
क्वालालम्पुर मलेसियामा

मलेसियामा पहिलो पटक मजदुरको नाम उल्लेख गरेर नेपाली संस्था गठन भएको छ । जुलाइ २८ तारिख क्वालालम्पुरमा सम्पन भेलाले संस्था गठन गर्ने औपचारिक निर्णय गरेको थियो ।

विधान मस्यौदा तथा समिति गठनका बिसयमा छलफल गरी मलेसियामा रहेर श्रमिकका हक हितका बिसय उठान तथा सहयोग गर्दै आएका नेपालीहरुको भेला बाट मजदुर एकता केन्द्र को स्थापना गरिएको हो ।

समितिको बैठक ले विधान मस्यौदा पारित गरि सोहि विधानको अधिनमा रहि समिति गठन गरेको छ । समितिले अध्यक्ष मा तेज बहादुर कार्की ,व. उपाध्यक्ष मा अर्जन सिंह ठकुरी,
उपाध्यक्ष मा लिलाराम यादव (सैलेस),
उपाध्यक्ष मा वालकुमारी सुबेदी (दुर्गा),
उपाध्यक्ष मा असिन ऐडि ,महासचिव दिलिप भट्टराइ (समर्पण), सचिव मा प्रेम बहादुर शाही (दिलिप) ,कोषाध्यक्ष मा तिलोचन गौतम ,
सह सचिव मा राम प्र. सुबेदी (संगम),सह कोषाध्यक्ष मा रेश्माकला राइ र सदस्यहरु देब बहदुर पुन ( मिलन ), सन्तोष फुल्लेल,रमेश कुमार परियार,मातृका लुइटेल गरि १५ सदससिय केन्द्रीय समिति गठन गरेको छ ।

मजदुर एकता केन्द्रका सस्थापक समर्पण भट्टराइ समिति गठन भेलामा बोल्नुहुदै मजदुरको हक अधिकारका निम्ति सदैव अग्रपङ्तिमा रहेर संघर्ष गर्ने बताउनु भएको छ उक्त बैठक को समापन गर्दै अध्यक्ष तेज बहादुर कार्किले मलेसियमा सयौ संस्था हरुको भिडमा एक थप संस्था मात्रै थप्ने उदस्य नभै साचिकै मजदुरको पक्षमा संघर्ष गर्ने संस्थाको अभाव महसुस गरेर नै नेपाली मजदुर एकता केन्द्र मलेसिया गठन गरिएको ले मजदुर प्रति सदैव उत्तरदायी रहेर संस्थाले काम गर्ने बताउनु भयो।



Recent News