" />

विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला

काठमाडौं ,भदौँ ६ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर विदेशमा कामदार पठाउने गरेको नयाँ तरिका फेला परेको विशेष अनुसन्धान ब्युरो सिआईभी स्रोतले बताएको छ ।

गत साउन १५ गते बुधबार धनकुमारी गुरुङ्ग लगायतका १७ जना युवतीलाई विना श्रम स्विकृत पठाइएको पाइएको छ । यसमा केन्द्रिय अनुसन्धान ब्युरोले मानव वेचविखन अनुसन्धान व्युरो ले त्यसमा संलग्नको खोजी कार्य जारी राखेको स्रोतले बताएको छ ।

प्रहरी र अध्यागमनका कर्मचारीको संलग्नतामा उनीहरुलाई विभिन्न मुलुकमा कामदारको रुपमा पठाइएको बुझिएको छ । स्रोतका अनुसार मोटो रकमको चलखेलमा उनीहरुलाई तेस्रो मुलुक पठाइएको हो ।

युवालाई कागजपत्र मिलाईदिने भन्दै एजेन्टले उनीहरुबाट ३ लाख लिएको थियो । के कारणले विना इजाजत युवा युवतिलाई विमान स्थलका कर्मचारीले प्रस्थान अनुमति दिए अनुसन्धानको विषय बनेको स्रोतले बताएको छ ।

मानव वेचविखन मा राजधानीका विभिन्न टाभल एजेन्सीले अध्यागमन विभागका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी काम गर्ने गराउने गरेको अख्यिार दुरुपयोेग अनुसन्धान आयोगले जानकारी दिएको छ । गत साउनमा अध्यागमन विभागका अधिकृत कमल प्रसाद पराजुलीलाई अख्यिार दुरुपयोग आयोगले पक्राउ गरेको थियो ।

पक्राउ परेका पराजुलीले मलाई कसैले लोभलालचमा काम लगाएको होइन मैले नथाहापाएर गरेको हो श्रम स्किृतिको स्टिकर आएपछि मैले हतारमा गरेको हो । मलाई कसैले आर्थिक प्रलोभनमा पारेर गरेको होइन भनेर बयानमा भनेको स्रोतले बताएको छ ।

यसमा मानव तस्कर ओसार पसारमा संलग्न रहेर काम गर्ने केशव अधिकारी रहेको केन्द्रिय अनुसन्धान ब्युरो सिआइवीले बताएको छ । ब्युरोले भनेको छ उनको खोजी कार्य तिव्र रुपमा भैरहेको छ । उनी पक्राउ परेपछि थप प्रमाणहरु फेला पर्न सक्ने सम्भावना रहेको उच्च स्रोतले बताएको छ । यसरी मानव तस्कर गरेर अकुत सम्पती आर्जन गर्नेलाई पनी उनी पक्राउ परेपछी थप कुराको जानकारी आउन सक्ने सम्भावना रहेको एक अधिकारीले जानकारी दिए ।

विमान स्थलका कर्मचारीलाई डुव्लीकेट श्रम स्टिकर बनाई विमान स्थलको एलाइवल डिफाचर बनाई काम गर्ने गरेको खुलासा भएको छ ।



Recent News