" />

ब्ल्ड क्यान्सर पीडित लाई मजदुर एकता केन्द्र क्वालालम्पुर मलेसिया द्वारा आर्थिक सहयोग।

क्वालालम्पुर मलेसिया

काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँ पालिकाका ब्ल्ड क्यान्सर पीडित १५ वर्षीय नवाङ मोक्तान लाइ नेपाली मजदुर एकता केन्द्र मलेसिया ले आर्थिक सहयोग गरेको छ ।

ललितपुर जिल्ला इमाडोल मा बस्दै आएका नावाङ आमाको माया महसुस नगर्दै संसार छोडेर गएकी आमाको पीडा भुलाउन नपाउदै फेरि उनी माथी बज्रपात परेको छ । केहि समय अगाडि ढाड दुख्ने अनि जोर्नी र ज्योरो आएको समस्या लिएर उनि पाटन हस्पिटल पुगेका नवाङको लागी जिवन कै सबैभन्दा अप्रिय रिपोर्ट आयो रिपोर्ट हातमा लिएर बसेका डाक्टरले नावाङका बुवा लाइ बोलाएर भने तपाईंको छोरा लाइ ब्लड क्यान्सर भएको रहेछ । यस्तो सुनाए पछि आफुलाइ जिउँदै मरेको अनुभव भएको सुनाउछन।

नवाङका बाबु ड्राइभिङ आफ्नो पारिवारिक जिवन जसोतसो धान्दै आएका बुबा ज्ञान बहादुर तामाङ विगत सात महिना देखी हस्पिटलको बेडमा मृत्यु सग लडिरहेको छ्न । अहिलेसम्म हस्पिटल धाउदा धाउदै दुइ लाख भन्दा बढी रकम खर्च भैसकेको पीडितका बुवा ले बताए ।

कक्षा १० मा अध्यनरत नावाङका जिवनका बाकी सपनाहरू के हुन्छन होला नावाङ लाइ बचाउन सकिएला कि नसकिएला यति सानै उमेरमा यस्तो दु:खमा परेका नावाङ लाइ नयाँ जिवन दिन सके पक्कै पनि नम्वाङले नया जिवन पाउने थिए । पारिवारिक रूपमा आर्थिक अवस्था अत्यन्त कमजोर रहेको हुँदा आर्थिक सहयोग संकलनको निम्ती मलेसियामा रहनु भएका नवाङका अंकल विजय तामाङले सहयोगको लागी पहल गर्दै आएका थिए ।

आर्थिक संकलन नै क्रममा मलेसिया स्थित नव: गठित नेपाली मजदुर एकता केन्द्रका कार्यलयवपदाधिकारीहरुले नावाङ लाइ तत्कालै उपचार को निम्ती सहयोग स्वरुप भन्दै आज आए एम ३०१ अर्थात रु ८,१०० हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष तेजबहादुर कार्की ले बताउनु भएको हो । यसै गरि अन्य इच्छुक नेपाली दाजुभाइ दिदिबहिनी लाइ पनि सहयोगको लागी नवाङका अंकल तथा नेपाली मजदुर एकता केन्द्र मलेसियाले अनुरोध गरेको छ ।

पीडित लाइ सहयोग गर्न सम्पुर्ण मनकारि इच्छुकले निम्न माध्यम द्वारा सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ ।
मलेसियाका लागी सम्पर्क विजय तामाङ पीडितका अन्कल फोन नं +60 16-605 6240 तेस्तै नेपाली मजदुर एकता केन्द्र मार्फत जोडिएर पनि सहयोग गर्न सक्नुहुने छ । सम्पर्क नं.+601121464428 मा सम्पर्क गर्न सक्नुहुने छ ।

नेपालका लागी सम्पर्क नम्बर ज्ञान बहादुर तामाङ 9779861611096 पीडितको बाबा अथवा नवाङ मोक्तान बचाउ अभियान को खाता नम्बर 02-126-0148-7219-01-04 कृषि विकास बैंक लिमिटेड सहयोग आर्थिक रकम जम्मा गर्न सक्नुहुने छ ।



Recent News