" />

नेपाल तमाङ घेदुङ मलेसियाको क्षेत्रीय समिति पेनाङमा पहिलो अधिबेशन हुने।

क्वालालम्पुर : मलेसिया तिलोचन गौतम
नेपाल तामाङ घेदुङ मलेसिया र तत्कालीन तामाङ समाज मलेसियाको समायोजन भए पश्चात् नेपाल तामाङ घेदुङ क्षेत्रिय पेनाङ समितिको पहिलो ऐतिहासिक अधिवेशन अक्टोबर ६ तारिख अाइतबार मलेसियाको पेनङ स्थित सनवई होटेलमा हुने भएको छ । अधिवेशनको अन्तिम तयारी पूरा भएको नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष रामकाजि तामाङ ले जानकारी दिनुभएको छ ।
“विश्व भरी छरिएर रहेका तामाङहरु एक हौँ ताम्सालिङ प्राप्तिका लागि एक जुट हौँ ” भन्ने मूल नाराका साथ हुन लागिरहेको अधिवेशनको लागि नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबा तामाङको प्रमुख आतिथिमा हुने र अधिबेशन नेपाल तामाङ घेदुङ क्षेत्रिय पेनाङ समितिको अयोजनामा हुनेभएको छ।

  1. अक्टोबर ६ मा हुन लागिरहेको अधिवेशनका लागि मलेसियामा रहेका विभिन्न संघसंस्था तथा अाम तामाङ दाजुभाइ तथा दिदीबहिनी हरुलाई उपस्थितका लागि अनुरोध समेत गरेको छ। पहिलो ऐतिहासिकअधिवेशनमा वृहत् साँस्कृतिक कार्यक्रम समेत हुने नेपाल तामाङ घेदुङ पेनाङका अध्यक्ष रामकाजि तामाङले बताउनुभयो ।



Recent News