" />

तामाङ कलाकार संघ मलेसियाको वार्षिकोत्सव तथा अधिवेशन भवितव्यताका साथ मलेशिया को राजधानी स्थित कन्टिनेन्टल होटेलमा हुँदै !

तामाङ कलाकार संघ मलेसियाको वार्षिकोत्सव तथा अधिवेशन भवितव्यताका साथ मलेशिया को राजधानी स्थित कन्टिनेन्टल होटेलमा हुँदै !
मलेसिया मा तामाङ कलाकार संघ मलेशिया फुर्बा दोर्जे मोक्तान को अध्यक्षतामा 2017 मा स्थापना भएको थियो र उक्त तामाङ कलाकार संघ मलेसिया ले २ बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यमा
आउदो डिसेम्बर महिना 22 तारिख आईतवारका दिन नेपाल तामाङ कलाकार संघ मलेसिया को दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने भएको छ।।

प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रितिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको कार्यक्रम मलेसियाको राजधानी क्वल्ला लम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटल (grand continantal hotel) मा हुन लागेका जानकारी गराउन चाहन्छु ।

कार्यक्रममा संस्थाले अहिले सम्म गर्दै आएका विविध सामाजिक कार्यहरु पनि बाचन गरिने छ। साथै अहिले सम्म धेरै पिडित रोगी हरुलाई सेवा गर्दै आएको र आगामी दिन मा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ अगाडि बड्ने तामाङ कलाकार संघ मलेशिया को प्रतिबद्धता रहेको छ। र पहिलो अधिवेशन र दोस्रो वार्षिक उत्सब भएको हुदा स्थानिय कलाकार हरु को बेजोड प्रस्तुति रहनेछ ।

अहिले सम्म संस्थाले विभिन्न क्षेत्रमा अग्रसर रहनु भएका समाज सेवि,पत्रकार,कलाकार,खेलाडी हरुलाई सम्मान गरिदै आएको र आउदो कार्यक्रममा पनि सम्मान गर्ने छौ । र प्रवास मै रहि विभिन्न बिधा लाई आत्मा सात गर्दै आउनु भएको स्थानिय कलाकार हरुले पनि बेजोड प्रस्तुतीले उपस्थित सम्पुर्ण दर्शक हरु लाई भरपुर मनोरञ्जन गराउने उक्त तामाङ कलाकार संघका सचिव अमिर लोप्चन तामाङले जानकारी दिनु भएको छ। अन्त्यमा प्रवासमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा तामाङ कलाकार संघ मलेशिया को दोस्रो वार्षिकोत्सब र पहिलो अधिवेशन मा तपाईं हरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै छु ।

कार्यक्रम हुने स्थान – ग्रान्ड कन्टिनेन्टल होटेल क्वालालम्पुर मिति- 22 december 2019 समय – बिहान 10 बजे



Recent News