" />

युनिक भोजराज बिक र भिम लुहार खाँडादेबी मन्दिर घुम्दै पुजा गुरुङको साथमा 

मेरी दिलवाली , विदेशमा मर्न लागे पानी पिलाउनु , आँशुको उपहार जस्ता चर्चित गित बजारमा ल्याउन सफल रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा जन्मिनु भएका भिम लुहारले फेरी पनि निकै सुमधुर काठेभाका मन्दिर घुमेर बजारमा ल्याउनुभएको छ ।

रोजगारको शिलशिलामा केहि वर्षदेखि मलेसियामा बस्दै आउनुभएका लोक गायक लुहार नेपाली गित संगित प्रेमी हुनुहुन्छ । परदेशमै रहेर नेपाली लोक गित संगितको मायाले परदेशबाटै गित लेख्ने , गाउने र लगानी गर्ने गरेको बताउनुहुन्छ ।

भर्खरै बजारमा आएको उहाँको नयाँ काठेभाका मन्दिर घुमेर यति बेला स्रोता र दर्शकको मायाँको अपेक्षामा छ । रामेछाप जिल्लाको धार्मिक स्थल खाँडादेवि मन्दिर लगायत विभिन्न छिमेकी जिल्लाहरुलाई गितको शब्दमा समेटेर तयार गरिएको सुमधुर काठेभाका मन्दिर घुमेर तिर्सना म्युजिक प्रालिको पस्तुतिमा बजारमा आएको छ ।
यस भाका भिम लुहार आफै र सुमधुर स्वरकी धनि गायिका पुजा गुरुङले गाउनुभएको छ । यस भाकामा युनिक भोजराज विकको लय , कुमार रिजाल र भिम लुहारको शब्द रहेको छ । यस भाका तिर्सना म्युजिक प्रालिको युट्यु्ब च्यानल मार्फत बजार उपलब्ध छ



Recent News